काठमाण्डौ ५, भदौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सम्बन्ध अहिलेसम्मकै चिसो भएको छ ।
स्वास्थ्य उपचारका लागि सिंगापुर उड्नु अघि विहिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेता नेपालले स्वाथ्यलाभको शुभकमना दिँदा प्रधानमन्त्री ओलीले तपाईको शुभकामना चाँहिदैन भनेको घटनाले दुई नेताबीच भएको पच्छिलो सम्बन्धलाई पुष्टि गर्छ । आफुले स्वास्थ्य लाभको शुभकमना दिँदा पनि ओलीले अस्विकार गरेको नेपालले सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।
ओलीले तपाईको शुभकामना चाहिदैन भनेपछि दुई नेताबीच चर्काचर्की समेत परेको थियो । मध्यदिउँसो १ः३० ओली त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ पत्नि राधिका सहित स्वास्थ्य उपचारका लागि उड्दै थिए । ठीक त्यहि समय वरिपरि आफुले दिएको स्वास्थ्यलाभको शुभकामना ओलिले अस्विकार गरेको नेता नेपालको भनाई सञ्चार माध्यममा छाए । दुई नेता बीच आएको दरारले कार्यकर्तामा समेत निरास छाएको छ । लामो समय पार्टी एकताको काम लथालिङ्ग भएर कामले रफ्तार लिदै गर्दा पुन: मुख्य नेताहरुबीच आएको दरारले पार्टीको गतिअवरोध हुने हो की भन्ने चिन्ता छ ।
पूर्व एमालेमा समेत फरक पोलमा रहेका यी द्ुई नेताबीच पच्छिलो दरारको बीजारोपण भने वरियता हेरफेरले ल्याएको हो । वरियता हेरफेरको एजेण्डाले प्रवेश पाएसंगै वरिष्ठ नेता नेपाल असन्तुष्ट थिए । पार्टी एकता हुँदा अध्यक्ष पछिको वरियता क्रममा नेता नेपाल थिए । पूर्व एमाले हुँदा नेता नेपाल भन्दा माथिलो वरियता क्रममा रहेका झलनाथ खनाल चीन भ्रमणमा भएका बेला उनको घटुवा गरिएको थियो । आफु चीनमा रहेको बेला वरियता तल पारिएको भन्दै आपत्ती जनाएका थिए । खनालले पार्टीमा उजुरी पनि हालेका थिए तर सुनुवाई भएको थिएन ।
एक बर्षपछि आफुलाई अपमान गर्न यो मुद्दा व्यूत्याइएको भन्दै नेता नेपालले चर्को विरोध जनाएका थिए । तर पार्टीको सचिवालय बैठक उनले अरु नेताहरुको खासै साथ पाएन । वरियताको हेरफेरको मुद्दा व्यूत्याइएपछि नेपालले पार्टीको विधान अनुसार केन्द्रिय अध्यक्षदेखि तल्लोतहका कार्यकर्तासम्म एक व्यक्ति एक पद लागु गर्नु पर्ने, अध्यक्षको जिम्मेवारी बाँडफाड गर्नु पर्ने साथै पूर्व एमालेमा वरियताको आधारमा वामदेव गौतमलाई पुन उपाध्यक्ष बनाइँदा साविक उपाध्यक्ष भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनित गर्नु पर्ने प्रस्ताव गरेका थिए । उनले घनश्याम भूसाललाई समेत सचिवालयमा प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावमा खास छलफल भएन ।
अघिलो समयहरुमा एक व्यक्ति एक पद जिम्मेवारी बाँडफाडको चर्को आवाज उठाउने वामदेव गौतम र जिम्मेवारी बाँडफाड गरि आलोपालो गर्ने पक्षमा रहेका अर्का अध्यक्ष प्रचण्डले पनि साथ दिएन् ।
आइतबारको सचिवालय बैठकबाट औपचारिक रुपमा वरियता हेरफेर गरियो । जस अनुसार नेता नेपाल एक तह घटुवामा परे भने खनालको बढुवा गरियो । पार्टीको नयाँ मर्यादा क्रम अनुसार झलनाथ खनाल तेस्रो र माधव कुमार नेपाल चौँथो वरियतामा परे । यो निर्णय पछि ‘एमालेको नवौ महाधिवेशनपछिको वरीयतालाई आधार मानेर झलनाथ खनाललाई अध्यक्षपछिको मर्यादाक्रममा राख्ने निर्णयलाई स्वीकार गर्ने भन्दै नेता नेपालले पार्टी भित्र विधि विधानको कुरा उठाए । पार्टीको पच्छिलो निर्णयहरुप्रति असमत नेता नेपालले अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने, एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागू गरिनु पर्ने लगायतका सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका थिए । मंगलबार बोलाइएको सचिवालय बैठक अघि महासचिव विष्णु पौडेलमार्फत नेपालले नोट अफ डिसेन्ट दर्ता गराएका थिए तर गृहकार्य नपुगेको भन्दै बैठक बुधबार बिहानलाई सारियो ।
बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले राखेको सातबुदे नोट अफ डिसेन्टको वैधानिकतामाथि प्रश्न उठाएपछि दुई नेताबीच भनाभन भयो । अध्यक्षको प्रस्तावमा वरियता हेरफेर भएपछि प्रधानमन्त्री र अध्यक्ष मध्ये ओलीले एक छोड्नु पर्ने नेता नेपालले बताएका थिए । निर्णय नै नभएको विषयमा नेपालले असहमती दर्ज गराएको भन्दै ओलिले नेपालमाथी प्रश्न उठाए । तर सचिवालय बैठकमा जुन जुन विषय कुरा उठाएको हो त्यहि लिखित रुपमा प्रस्तुत गरेको नेपालको दावी थियो । नेपालले गत बर्ष असोजमा समेत आफु विदेश भ्रमणमा रहेको बेला सचिवालय बैठकले विना प्रक्रिया प्रदेश जिम्मेवारी बाँडफाँड गरेको भन्दै तीन बुँदे नोट अफ डिसेन्ट पेस गरेका थिए ।
लिखित रुपमै सात बुँदे असहमती जनाएर पार्टीको तल्लोतहसम्म एजेण्डाको रुपमा छलफलमा लाने धम्कि दिएपछि नेता नेपालप्रति अध्यक्ष कति रुष्ट भएका छन भन्ने विहिबारको प्रस्तुतिले देखाउँछ । उपचारका लागि विदेश उड्न ठिक केहि घण्टा अघि बसेको सचिवालय बैठकमा भएको यस्तो सवाल जवाफले दुई नेताबीच ठूलो चिरा देखाउँछ । ओलि स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसम्म दुई नेता बीच देखिएको चिरा मेटिन्छ या रहिरहन्छ त्यो समयले नै बताउने छन् ।
५ भाद्र २०७६, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया