![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2017/01/ishor-pokharel.jpg?resize=480%2C360)
काठमाडौँ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेका छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेकोको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/PM-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%AD%E0%A4%BE%E0%A4%B0_2076-5-5-001-744x1024-744x1024.jpg?resize=720%2C991)
प्रतिक्रिया