२४ माघ २०८१, बिहिबार । February 7, 2025

मुख्य खबर

प्रधानमन्त्रीको मिर्गौला फेरि प्रत्यारोण हुने हल्ला मात्रै : डा. भट्टराई



काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए । उनले भने, ‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदै हुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’
डा. भट्टराईले फेरि मिर्गाैला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे । जाने मिति तय भए पनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने अहिलेसम्म तय नभएको उनले बताए ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ००:००