![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/mohan-basnet-1-1024x683.jpg?resize=720%2C479)
काठमाडौं, ४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबले राजधानीमा गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको उनको आरोप छ ।
पूर्वमन्त्री बस्नेतले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतलाई नै समाप्त पार्न लागेको आरोप लगाए । विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनले आरोप लगाए ।
प्रतिक्रिया