१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

संसदबाट पास भयो भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने विधेयक




काठमाडौं । भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी ९आठौं संशोधन०विधेयक २०७५ माथि छलफल गरियोग भनी संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले भूमि सम्बन्धी ९आठौं संसोधन० विधेयकमाथि सांसदहरूले दिएको सुझावहरूमा सरकारको ध्यान जाने बताउनुभयो । नियमावलीमार्फत आएका सुझाबहरू समेटेर अझ परिस्कृत बनाएर जाने मन्त्री अर्यालले बताउए । ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ००:००