![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/Paras-Shah-Nepal-Royal-Prince.jpg?resize=720%2C409)
काठमाडौं, २ भदौ । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि हातपात गरेका छन् । आमा कोमललाई बिदाइ गर्न त्रिभुवन विमानस्थल गएका आफ्ना छोरा हृदयेन्द्र र भान्जा (बहिनी प्रेरणामा छोरा)लाई प्रहरीले अपमान गरेको देखेपछि पारस रिसाए ।
विमानस्थलमा सुरक्षाका लागि खटिएका एक प्रहरी नायब निरीक्षक (सइ)लाई पारसले छातिमा समातेर धकेले । पर पुगिसकका उनी फर्कि–फर्कि प्रहरीमाथि जाइलागेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र दुई साताअघिनै थाइल्यान्ड गएका छन् । हिमानी पनि उतै छिन् । कोमल पनि उतै लागेकी हुन् ।
पूर्वयुवराज पारसले केही वर्षअघि थापाथलीमा पनि प्रहरीमाथि अपमान गरेका थिए । जसका कारण उनीमाथि ट्राफिक कारवाही गरिएको थियो ।
प्रतिक्रिया