१ चैत्र २०८१, शनिबार । March 15, 2025

समाचार

तामाङ प्रसारण दिवसमा तीन संस्था सम्मानित



तामाङ पत्रकार सङ्घद्वारा ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा यहाँ आयोजित ‘तामाङ प्रसारणको रजत जयन्ती समारोह, सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी तीन वटा प्रसारक संस्थालाई आइतबार सम्मान गरिएको छ । तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण गरी तामाङ भाषा संरक्षण, सम्वद्र्धन र सूचना प्रचार÷प्रसारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ती सञ्चार संस्थालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा रेडियो नेपाल, रेडियो सगरमाथा र मेट्रो एफएम रहेका छन् । विसं २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण शुरु भएको थियो । सोही दिनलाई आधार मानेर तामाङ पत्रकार सङ्घले संस्थागत रुपमा तामाङ प्रसारण दिवस मनाउँदै आइरहेको छ । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले भाषाको विकासको लागि राज्यले बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले मेट्रो एफएममार्फत धेरै तामाङ सञ्चारकर्मी उत्पादन भएको उल्लेख गर्दै त्यसले तामाङ समुदायको भाषाको विकास, विस्तार सम्वद्र्धनमा ठूलो योगदान पु¥याएको बताएका छन्। उहाँले २०५१ साल भदौबाट प्रसारण अनुमति पाएको रेडियो नेपालको तामाङ बुलेटिन अझैसम्म पनि क्षेत्रीय प्रसारमा राखिएको भन्दै त्यसलाई केन्द्रीय प्रसारणमा लैजानुपर्नेमा जोड दिएका छन् । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले क्षेत्रीय प्रसारणअन्तर्गत रहेको तामाङ भाषाको ‘समाचार बुलेटिन’ र ‘स्ह्याल्गार’ कार्यक्रमलाई संस्थाले प्रादेशिक संरचनाअनुसार विस्तार गर्दै लैजाने बताए । मेट्रो एफएमका प्रमुख धर्म मनिकारले मातृभाषामा नेपाल भाषा र तामाङ भाषालाई रेडियो नेपालले प्राथमिकताका साथ प्रसारणमा ल्याएकाे जानकारी दिए । सामुदायिक रेडियो सगरमाथाका कार्यकारी निर्देशक सुबोध गौतमले तामाङ पत्रकार सङ्घले संस्थागत रुपमा आफ्नो संस्थालाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा ‘तामाङ काइ’ लगायत मातृभाषाका कार्यक्रमलाई प्राथमिकताका साथ स्थान दिनेसमेत बताएका छन् ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार ००:००