२८ कार्तिक २०८१, बुधबार । November 13, 2024

मुख्य खबर

विद्युत प्राधिकरण मुलुककै उत्कृष्ट संस्थान बनाउँछौ : मन्त्री पुन



उर्जा मन्त्री वर्षमान पुनले विधुत प्राधिकरण देशकै उत्कृष्ट संस्थानको रुपमा स्थापित भएको बताएका छन् । नेपाल विद्युत ३४ औं वार्षिक उत्वसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले सो कुरा बताएका हुन् ।
विधुत प्राधिकरणका लागि चालु वर्ष गौरवको वर्ष भएको मन्त्री पुनल उल्लेख गरेका छन् । ‘प्राधिकरण को लागि यो वर्ष उपलब्धीमुलक वर्षको रुपमा रहेको छ’,उनले भने,‘विद्यु्त क्षेत्रको विकासमा प्राधिकरणको योगदान महत्वपूर्ण रहेको छ । ’
यस वर्ष विद्युत प्राधिकरणले ७ अर्व मुनाफा आर्जन गरेकोमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायत सम्पूर्ण प्राधिकरणका कर्मचारीको योगदानको खुलेरै प्रशंसा गरेका छन् । त्यसैले प्राधिकरणको विकासमा योगदान पुयाएको भन्दै करिव २० प्रतिशतको दरले कर्मचारीको तलबमा वृृद्धि गरिएको जानकारी दिएका छन् । विद्य्त क्षेत्रको विकासमा योगदान पुयाउनु हुने कार्यकारी निर्देशक, स्थायी,अस्थायी,करार ज्यालादारी कर्मचारीहरुलाई प्रत्येकलाई ७ हजार रुपैयाँ प्रोत्साहन भत्तासमेत प्रदान गरिने उद्घोष गरेका थिए । सम्बोधनको क्रममा २०४१ यता नेपाल विधुत प्राधिकरण अहिले उत्कृष्ट फर्ममा रहेको भन्दै यसलाई अझ सशक्त रुपमा अगाडि बढाउन जोड दिएका छन् । विधुत ऐन २०४९ संशोधनको पक्रियामा रहेका भन्दै मन्त्री पुनले नेपाल समृद्धी र विकासका लागि नेपाल विधुत प्राधिकरणले आफनो सशक्त रुपले लागि पर्नु पर्ने बताएका छन् । मन्त्री पुनले उर्जा मन्त्रालय नेपाल सरकारको उत्कृष्ट मन्त्रालयको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमा उर्जा क्षेत्रको अवश्था उत्साहजनक रहेको उल्लेख गर्दैै उनले उर्जा क्षेत्रको विकासमा निजी तथा बाह्य लगानीका लागि लगानी गर्न इच्छुक वर्गमा आव्हान गरेका छन् । लगानीका लागि अहिले उपयु््क्त वातावरण भएको दावी गर्दैै उनले लगानी कुनै हालतमा खेर जान नदिने विस्वास दिलएका छन् ।

प्रकाशित : १ भाद्र २०७६, आइतबार ००:००