२८ कार्तिक २०८१, बुधबार । November 14, 2024

खेलकुद

उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा



उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेका छन् ।
भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको हो । यही भदौ २ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उक्त टोली आज नेपाल आइपुगेको हो भने अन्य टोली भने यसअघि नै नेपाल आइसकेका छन् ।

नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता रहेको छ । बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान ह्न्।

उक्त प्रतियोगितामा नेपाल ‘ए’ समूहमा परेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् । समूह बीमा भने तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् ।प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वीको रुपमा कीर्गिस्तान रहेको र भोलिको उद्घाटन खेलमा यी दुबै टोली प्रतिस्पर्धा गर्ने भएका छन् । सोही दिन अफगानिस्तान र तुर्कमेनिस्तानबीच पनि खेल हुनेछ भने सोमबार साँझ नै बङ्गलादेश र उज्वेकिस्तान खेल्ने भएका छन् । प्रतियोगिताको सबै खेल लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा हुनेछ ।

प्रकाशित : १ भाद्र २०७६, आइतबार ००:००