![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/05/death.jpg?resize=720%2C480)
दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ । बस्नेतलाई दुई÷तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला र चित्कार सुनेको होटलवालालाई आज बिहानमा सुनाएपछि प्रहरीलाई होटलवालाले खबर गरेको प्रहरीले बताएको छ । सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रगतको आहाल रहेको प्रहरीले जनाएको छ । मृतक बलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको शव चरिकोटस्थित शवगृहमा राखिएको छ ।
खोलाले बगाउदा एक युवक बेपत्ता
दोलखाको कालिञ्चोक गाउँपालिका–२ स्यारावाराङस्थित कालिञ्चोक खोलाले बगाउँदा आज एक युवक बेपत्ता भएका छन् । कालिञ्चोकखोलामा माछा मार्ने क्रममा डुबेर ३१ वर्षीय राजु थामी बेपत्ता भएको प्रहरी नायब निरीक्षक सेते तामाङले बताउनुभयो । युवक बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले खोजी जारी राखेको तर हालसम्म फेला पार्न सकेको छैन् ।
प्रतिक्रिया