![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/IMG_5689-1024x683.jpg?resize=720%2C480)
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले, भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै सोधे म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्याहो ? त्यसपछि ताजगीपूर्ण मुद्रामा उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
आफ्नो प्रतिक्षा गरिरहेका झापा क्षेत्र न. ५ का अगुवा कार्यकर्ताहरुलाई पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि संक्षिप्त सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न वालुवाटार पुगेका नेकपाका अगुवाकार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको बिषयमा हिजो चलाइएका निराधार हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । तर अफवाह म सिकिस्तभएजस्तै फैलाइयो ।”
प्रधानमन्त्रीओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने “गतहप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केहीहँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”
प्रधानमन्त्रीओलीले आफू १५ बर्ष अघि बिरामीभएको र १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको स्मरण गरे । “म अहिले होइन, १५ बर्ष अघि विरामीथिंए । १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।” प्रधानमन्त्री ओलीले भने “मलाई विरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । विरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँर बिरामी हुँदाहुँदै पार्टी एकिकरण गरें ।”
नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिकपार्क निर्माण गर्ने परियोजना लगानीबोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाददिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिकपार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइदिए ।
प्रतिक्रिया