उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतिवन्धीत विप्लव नेतृत्वको नेकपालाई वार्ताको मध्यमबाट मुलधारको राजनीतिमा आउन आव्हान गरेका छन । आज (साउन ३०)मा उदयपुरको गाइघाटमा आयोजित प्रथम अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन । विप्लव नेतृत्वका नेकपा कानुन विपरित कार्यमा संलग्न रहेकोले वार्ताको माध्यमबाट समाधानको लागि सरकार तयार रहेको बताए । नेपालमा परिवर्तन गर्न थप बलिदानको आवश्यक नरहेको भन्दै छलफलबाटै संभव हुने बताए । नेपालको विभिन्न दलका नेताहरु र कर्मचारीतन्त्रलाई संघीयतालाई मानसिक रुपमा स्वीकार्न गारो परिरहेकोले सोचे अनुसारको काम हुन कठिन भइरहेको बताए । लोक सेवा आयोगले विज्ञापन खोलेपछि आदिवासी जनजाति, दलित, मधेशी, महिला लगायतका वर्ग समुदाय आन्दोलनमा जान बाध्य भएको बताए । आन्दोलन सरकारले सम्बोधन गर्नुपर्ने समेत मुख्यमन्त्री राईको भनाइ थियो । दुइ हजार इन्जिनियर, १५ सय विद्यावारिदी (पीएचडी) गरेका नेपाली अमेरिका लगायतको देशमा जान बाध्य भएको भन्दै मुख्यमन्त्री राईले संघ, प्रदेश र स्थानीय सरकार समन्वय, सहयोग गर्दै अघि बढनु पर्ने बताए । देश बनाउने जिम्मा यही पुस्तालाई आएको कारण एकताबद्ध भएर प्रदेश बनाउनु पर्ने बताए । प्रदेश १ सरकार पत्रकारहरुसँग मैतृपुर्ण ढंगले अगाडि बढने तयार रहेको भन्दै नरारात्मक भन्दा सकारात्मक ढंगबाट कलम चल्नु पर्ने बताए । कार्यक्रममा फोनिको संघीय अध्यक्ष डन्ड गुरुङले संघ सरकार आदिवासी जनजातिको सवालमा संविधान कार्यान्वयन भन्दा बर्खिलापमा लागिरहेको बताए । संघ र प्रदेशमा बन्ने कानुनहरु संघीयता तथा समावेशी सिद्धान्तको आधारमा बन्नुपर्ने बताए । मत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेल, फोनिज केन्द्रीय महासचिव मनोज घर्तिमगर, विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त व्यक्त गरेका थिए । सम्मेलनको उदघाटन कार्यक्रममा प्रदेशको १० जना अग्रज पत्रकारहरुलाई नगदसहिद सम्मान गरेका थिए । फोजिन प्रदेशको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने इन्चार्ज दिपिन राईले बताए ।
३० श्रावण २०७६, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया