२६ माघ २०८१, शनिबार । February 8, 2025

मुख्य खबर

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की पक्राउ रवि लामिछाने प्रहरी निगरानीमा




काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
कार्कीलाई चितवनको प्रहरीटोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो।
कार्की पक्राउ परेसँगै प्रहरीले रवि लामिछाने, युवराज कँडेलमाथि पनि निगरानी बढाएको छ।
प्रहरीले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको पटकपटक दोहोर्याएका छन् ।

प्रकाशित : ३० श्रावण २०७६, बिहिबार ००:००