२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

पाँचथर र ताप्लेजुङ जिल्लाका पाँचवटा ग्रामिण सडक कालोपत्र गरीने




पाँचथर । पाँचथर र ताप्लेजुङ जिल्लाका पाँच वटा ग्रामिण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पाँचथरद्वारा पाँचथर जिल्लाको सरखण्डे–यासोक सडक, शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा सडक, फिदिम–फालोट सडक कालोपत्र हुने भएको हो । त्यस्तै, ताप्लेजुङ जिल्लाको मामाङखे–याम्फुदिन सडक खण्ड र गुफा–भुजे–देउराली–गोर्जा–चाँगे दोभान सडक कालोपत्र हुने भएको हो ।
पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरत कुमार यादवका अनुसार सरखण्डे–यासोक ११ दशमलव ३१० किलोमिटर कालोपत्र हुने भएको हो । यो सडकको ४७ करोड ७ लाख रुपैंयाँमा लामा सांग्रीला जेभीले काम गर्ने भएको हो ।
त्यस्तै, शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा सडक १३ दशमलव ९२१ किलोमिटर कालोपत्र हुने भएको हो । यस सडक खण्ड ५९ करोड ३६ लाख रुपैंयाँमा कान्छाराम याक्थुमहाङले काम गर्ने भएको हो । त्यसैगरी फिदिम–फालोट सडक अन्तरगत जिरोबाट १० दशमलव ११२ मिटर कालोपत्र गरीने भएको हो । यो कन्काई पि.एस. जेभीले ४६ करोड ४८ लाख रुपैंयाँमा काम सक्ने गरी जिम्मा लिएको छ ।
त्यस्तै, गरेर राँके–रवि–६ नम्बर बुधबारे सडक खण्डको जिरोबाट ३८० मिटर प्रहरी चौकी सम्म आर.सी.सी. ढलान १ करोड १५ लाख रुपैंयाँमा अधिकारी इश्वरी जेभीले काम सकिसकेको छ ।
ताप्लेजुङ जिल्लाको फुङलिङ–नाङखोल्याङ–कामिडाँडा–थेचम्बु–चाक्सिबोटे–थुम्मेदिन–हेलम्बू–खाम्बेदिन–तेल्लोक–मामाङखे–याम्फुदिन–कञ्चजघां बेश क्याम अन्तरर्गत मामाङखे–याम्फुदिन सडक खण्ड ७ दशमलव ४ किलोमिटर कालोपत्र हुँने भएको हो । यो सडक रौताहा सेवालुङ जेभीले ४४ करोड रुपैंयाँमा जिम्मा लिएको छ । ताप्लेजुङको गुफा–भुजे–देउराली–गोर्जा–चाँगे दोभान ७ दशमलव ३५० मिटर सडक कालोपत्र हुँने भएको हो । यो खण्ड लुम्बिनी गजुरमुखी जेभीले ३५ करोड ८० लाख रुपैंयाँमा जिम्मा लिएको हो ।
सम्पूर्ण सडकहरु ८ दशमलव ५ मिटर चौडाको हुने यादवले बताउनुभयो । त्यस अन्तरगत ५ दशमलम ५ किलोमिटर कालोपत्र र अन्य ग्राभेल गरीने यादवले जानकारी दिए । प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त सडकहरु दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यादवको भनाई छ ।

प्रकाशित : ३० श्रावण २०७६, बिहिबार ००:००