![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/07/Sher-Dhan-Rai.jpg?resize=720%2C476)
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।
“उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले निर्माणाधीन रङ्गशालालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। उद्यान, सङ्ग्रहालयलगायत संरचना निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको उहाँले जानकारी दिए ।
प्रतिक्रिया