![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/10407949_10155234626725570_8383351939225255493_n.jpg?resize=720%2C498)
अन्तर्राष्ट्रिय जनजाती सम्मेलनमा भाग लिन कृष्णपुर नगरपालिका सिंहपुरको ३२ जनाको थारु नृत्य टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ । इण्डिया सोसियल इनिस्च्युट नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीले जनजाती आदिवासी थारु समुदायको परम्परागत पहिरन, वेषभूषा, बाजासँगै झुम्रा, मुङ्ग्रहुवा र सखिया नृत्य प्रदर्शन गर्ने छ । यी तीन वटै नृत्य थारु समुदायका परम्पराग नृत्यका रुपमा रहेका छन् । तान्त्रिक विधिबाट नृत्यको शुरुवात गरिने भएकाले टोलीमा चार जना गुरुवा, नृत्य गर्ने आठ जना महिला र २० जना पुरुष सहभागी रहेका सिंहपुर युवा क्लबका बाबुराम चौधरीले बताउनुभयो । यही साउन २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुनेको सबै खर्च आयोजक संस्थाले व्यहोर्ने छ । सम्मेलनमा दशभन्दा बढी राष्ट्रका जनजाती नृत्य टोलीको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया