राउटे अगुवाले तीन महीना अघि सुर्खेतको गुर्भाकोट नगरपालिकाको सेराघारीबाट हराएका आफ्ना सदस्यको खोजी गरिदिन माग गरेका छन् । वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राउटे अगुवाले बेपत्ता युवा जयबहादुर शाहीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका हुन् । राउटे अगुवाका अनुसार ३७ वर्षीय जयबहादुर यही वैशाख २५ गतेदेखि बेपत्ता हुनुभएको हो । “जङ्गलमा शिकार खेलेर फर्कर्ने क्रममा सेराघारी आसपासबाट हराएको हो, हामीले धेरै ठाउँमा खोज्यौँ, फेला पार्न सकेनौँ” राउटे युवा प्रकाश शाहीले भन्नुभयो, “शिकार खेलेर फर्कंदा गाउँमा विवाह थियो, केही समय त्यहाँ बस्यौँ, त्यसपछि जयबहादुर बस्तीमा आएनन् ।” उहाँले बेपत्ता आफ्ना सदस्यको खोजीका लागि सञ्चारकर्मी र सरकारसँग आग्रह गर्नुभयो । जयबहादुरको घरमा ६५ वर्षीय बुबा कान्छाराम र बहिनी सुना हुनुहुन्छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदाय हाल दैलेखको गुराँस गाउँपालिकामा बसाइँ सरेको छ । राउटे समुदायले जयबहादुर हराएपछि गुराँस गाउँपालिकाको कार्यालयलाई खोजीका लागि निवेदन दिएको छ ।
२२ श्रावण २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया