२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

शुष्मा स्वराजको असामयिक निधन प्रति, प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएको छ । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेएका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँले दिवङ्गत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उहाँले निर्वाह गरेको भूमिकाको स्मरण गरको छन् । 

प्रकाशित : २२ श्रावण २०७६, बुधबार ००:००