३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

मुख्य खबर

यायोक्खा ३२ औं स्थापना दिवस मनाउदै

पत्रकार संजय सन्तोषी राई २५ हजार नगदसहित सम्मानित हुने



मोरङ । किरात राई यायोक्खा केन्द्रिय समितिले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा धनकुटाका अग्रज पत्रकार संजय सन्तोषी राई लगाएत विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्ती तथा कृतिहरुलाई सम्मान गर्ने भएको छ ।

राई समुदायको साझा संस्था यायोक्खा केन्द्रिय समिती साउन २२ गते ३२ औं स्थापना दिवस मनाउदै छ ।

संघीय राजधानी ललितपुर मानभवन स्थित कृष्टल पार्टी प्यालेसमा हुन लागेको दिवसको अवसर सम्मानित हुने पत्रकार राई तीन दशक अघिदेखी उत्पीडित समुदायको राजनीति, सांस्कृतिक, भाषिक अधिकारको बारे कलम चलाउदै आएका व्यक्ती हुन । नगद २५ हजारसहित राई सम्मानित हुने यायोक्खाले जनाएको छ ।

“किरात इतिहास र संस्कृति” नामक अनुसन्धानमुलक पुस्तकका लेखक खोटाङको पर्खनबहादुर राई, वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझी कृतिलाई नगदसहित सम्मान गर्ने यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए ।

सोही अवसरमा यो बर्ष बिध्यावारिधी गर्नुहुनेहरु यायोक्खाका पुर्व अध्यक्ष डा. सुमाया राई, प्रा.डा. ध्यानेन्द्र बहादुर राई र डा. कृष्णबहादुर राईलाई सम्मान गरिने महासचिव जनक राईले बताए ।

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राई, गायन तथा संगितिक क्षेत्रबाट योगदान पुर्‍याउने राई नवीनलाई नगद सहित सम्मानित हुने भएका छ्न ।

विभिन्न विधाका १५ जना विध्यार्थीलाई छात्रा वृती प्रदान गरिने कार्यक्रमा गृहमन्त्री रामबहादुर थापा (बादल), संघीय सांसद सुरेशकुमार राई, सुदन किराँती, हेमकर्ण राई, १ नम्बर प्रदेश सांसद रामकुमार राई पासाङ लगाएत उपस्थित हुने यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले जानकारी दिए । यायोक्खाले प्रदेश १ को नाक किरात राख्न विभिन्न अभियान संचालन गर्दै आएको छ ।

प्रकाशित : २० श्रावण २०७६, सोमबार ००:००