काठमाण्डौ । बोन म्यारोका उपचार गराई रहेका आशा सुब्बा नुगोलाई आज सहयोग रकम हस्तान्तरण गरिएको छ ।
लिम्बुवान मुक्तिमोर्चाका संस्थापक अध्यक्ष वीर नेम्बाङका जीवनसंगी सुब्बाका उपचार सहयोगार्थ अमेरिकी क्यालिफोर्नियास्थित याक्थुङ चुम्लुङको अगुवाईमा संकलित १ लाख ८ हजार ९ सय रकम श्रीमान् नेम्बाङलाई हस्तान्तरण गरिएको हो ।
समाजसेवी येहाङ लावति र पूर्व सभासद तथा नेकपाका केन्द्रिय सदस्य अईन्द्रसुन्दर नेम्वाङको हात बाट सहयोग रकम हस्तान्तरण गरिएको टंक सेलिङले बताए ।
सुब्बाको छ महिनाबाट काठमाण्डौमा उपचार भईरहेको छ । अमर तुम्याङको अध्यक्षतामा सहयोग समिति बनाएरै सहयोग संकलन गरिदै आएको छ ।
प्रतिक्रिया