
चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड बेइजिङ, १५ असार (रासस-सिन्ह्वा) – चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो । पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।
प्रतिक्रिया