काठमाडौं १२ असार । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।
२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
नतिजा थाहा पाउन नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि (सिम्बोल नम्बर) टाइप गरी 1600 मा सन्देश पठाउनु पर्दछ ।
जस्तै (see<space>symbol no टाइप गरी 1600 मा सन्देश पठाउने । सन्देश पठाउँदा सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।
1600 मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बर र लेण्डलाईनबाट पनि 1600 मा कल गर्न सकिने छ । यसरी कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा पाउन सकिन्छ ।
साथै नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । टेलिकमको साइटबाट मार्कसिट समेत हेर्न सकिने छ । यसका लागि आधिकारीक जन्म मिति आवश्यक हुन्छ ।
प्रतिक्रिया