काठमाडौं ११, असार । गलबन्दी च्यातियो गीतको विवाद सहमतिमा किनारा लागेको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय कालिकास्थानमा भएको छलफल पश्चात सहमतिद्धारा निकास निकालिएको हो ।
प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा शम्भु राई र प्रकाश सपुतवीच ४ बुँदे सहमति भएको हो । यस अनुसार, ( गलबन्दी च्यातियो …)बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश गरिनेछ । पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश गरिने छ।
युट्युब तथा अन्य विभिन्न किसिमको प्रकाशनमा समेत शम्भुराईको नाम समावेश गरि प्रकाशन गर्ने सहमती भएको छ । गलबन्दी गीतको यस अघि र अब उप्रान्त कनै पनि माध्यमबाट प्राप्त हुने सम्पूर्ण आर्थिक अधिकार भने प्रकाश सपुतकै हुने छ । शम्भु राईले यसमा कुनै हकदाबी नगर्ने समेत सहमती भएको छ ।
गलबन्दी छोटो समयमा नेपाली संगीत प्रेमीले युट्युबमा धेरै हेरिएको गीत हो । यो गीत सार्वजनिक भएसंगै शम्भु राईले वि.स. २०४८ सालमा आफुले रेकर्ड गरेको ‘देउसी भैली’ गीतको लयसँग मिलेको दाबी गर्दै आएका थिए । लामो समयको छलफलबाट सहमती हुन नसकेपछि राई कानुनी उपचारका लागि उजुरी लिएर प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा पुगेका थिए ।
राईले प्रतिलिपि अधिकार रजिस्टारको कार्यालमा दिएको उजुरी समेत फिर्ता लिने सहमती भएको छ ।
यस्तो छ सहमती पत्र
प्रतिक्रिया