चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् । मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो । ट्र्याक्टर चालकले भने हामफालेर ज्यान जोगाएका छन् । अन्य चार घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । बुबाको हत्या गर्नेलाई एक लाख जरिवाना, १० वर्ष कैद आफ्नै बुबाको हत्या गर्ने एक व्यक्तिलाई १० वर्ष कैद तथा रु एक लाख जरिवाना भएको छ । बुबालाई दाउराको चिर्पटले हानेर हत्या गर्ने चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका प्रेम ढोलीलाई अछाम जिल्ला अदालतले उक्त फैसला गरेको हो । कर्तव्य ज्यान कसुर मुद्दामा मङ्गलबार जिल्ला अदालत अछामले ढोलीलाई उक्त फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रेमले गत जेठ २९ गते राति घरमा बुबा मीने ढोलीलाई चिर्पटले हानेर हत्या गरेका थिए । यस्तै जबरजस्ती करणी उद्योग कसुरमा पञ्चदेवल विनायक नगरपालिका–९ का दीपेश भुल पुर्पक्षका लागि कारागार चलान भएका छन् । अछाम प्रहरीले परिवर्तित नाम (ज्ञानी) लाई जबर्जस्ती करणी गरेको अभियोगमा गत जेठ २४ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका उनलाई अछाम जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
११ असार २०७६, बुधबार ००:००
0
Shares
प्रतिक्रिया