
नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो ।
प्रतिक्रिया