१ मंसिर २०८१, शनिबार । November 16, 2024

समाचार

पथरीशनिश्चरे नगरमा बजेटले नछुएकोमा आदिवासी जनजातिको गुनासो



मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङमा स्थानीय तहको सरकार बनेपछि आदिवासी जनजातिलाई बजेटले नछुएको गुनासो गर्दै आगामि दिनमा त्यसो नगर्न आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समितिले आइतबार संगठनको तर्फबाट योजना बुझाउने क्रममा सो कुरा बताएका हुनु । योजना तर्जुमाको संयोजकसमेत रहेका नगरको उपप्रमुख यमुना विष्टलाई करिव एक करोड तीन लाख बरबबरको योजना बुझाएका हुन् । योजना बुझाइ सकेपछि जनजाति महासंघ नगरका अध्यक्ष चन्द्र तामाङले स्थानीय तह भएपछि ल्याइएको दुई वटा बजेटलाई आदिवासी जनजाति समुदायलाई नछुएको भन्दै आगामि दिनमा त्यसो नगर्न आग्रह गरेका हुन् । निर्वाचनपछिको दुई बर्ष अनुभव लिन लागेको हुनसक्ने भएपनि नगरको आउने बजेटले भने आदिवासी जनजाति, दलित, महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई छुटाउन नहुने अध्यक्ष तामाङले बताए । उत्पीडित वर्गलाई निर्वाचनको बेला मात्र देख्ने र बजेट लगायतको अवसरमा वास्ता नगर्ने चलन राणा र पञ्चायत कालको भएकोले गणतन्त्र आएपछि सवैलाई जनप्रतिनिधिहरु आफैले समेट्नु बर्ने बताएका थिए । गत बर्ष लक्षित वर्गको लागि छुटिएको रकम अधिकांश महिलालाई परेपनि पहिला भित्रको आदिवासी जनजातिलाई कार्यक्रमले समेट्न नसकेको बताए । महासंघले कृषि, युवा स्वरोजगार, स्वास्थ्य तथा वातावरण, भाषा संस्कृति कला, क्षमता अविवृद्धि लगायतका १६ वटा शीर्षकमा एक करोड तीन लाख बराबरको योजना नगरको उपप्रमुख यमुना विष्टलाई बुझाएका थिए । योजना बुझ्दै उपप्रमुख विष्टले आपूmले जस्ताको तस्तै बुझाउने बताए । नगरपालिकाको असार १० गते नगरसभा मार्फत नीति तथा कार्यक्रम पास गर्दैछ ।

प्रकाशित : ८ असार २०७६, आइतबार ००:००