फिदिम । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङ उनकै पूर्वप्रेमी भनिएका युवाबाट मारिइन् । हत्यामा सम्लग्न पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. २ पात्लेभञ्ज्याङका पदम तामाङसँग उनको राम्रो सम्बन्ध थिएन । केही महिनादेखि मोवाइलमा कुराकानी गर्दै आएका यी दुईवीच सम्बन्धमा आएको दरारकै कारण गत बैशाक २९ गते शीतलको हत्या भयो ।
शीतलले अर्कै केटासँग कुराकानी गरेको पदमको आशङ्का थियो । यही कारण उनले झण्डै एक महिनाअघि शीतलसँग मोवाइल र सिम कार्ड साटेका थिए । मोवाइल र सिम कार्ड साटेपछि शीतलले अर्को ब्यक्तिसँग कुराकानी गर्न नसक्ने तामाङको विश्वास थियो । तर उनीहरुवीच कुराकानी भइरहेको आशङ्काले पदमलाई छाडेन । आफ्नै सिम कार्डमा समेत अर्को ब्यक्तिको फोन आएको आशङ्कामा उनले शीतलको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पदमले शीतलले आफूलाई माया नगरे वा अर्कै केटासँग कुराकानी गरे शीतलका अतिरिक्त उनका साथीहरुलाई समेत मारिदिने धम्की दिएका थिए । जुन कुरा उनका साथीहरुले अहिले वताइरहेका छन । तर यही कुरा उनीहरुले विगतमा बाहिर ल्याउन चाहेनन् ।
सम्बन्धमा दरार आएको बुझेपनि शीतलले पदमलाई एक्लै भेटिन । उनले हत्या भएको दिनअघि चार पटकसम्म पदमलाई भेट्ने प्रयास गरेकी थिइन् । शीतललाई एक्लै भेट्ने पदमको प्रयास जुन दिन सार्थक भयो त्यही दिन खाली घर भित्र शीतलको घाँटी रेटेर हत्या भयो । अनुसन्धानका क्रममा घटनास्थलमा पटक–पटक पुगेका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर भन्नुहुन्छ “शीतलले न्यूनतम सावधानी समेत अपनाएको देखिएन् ।” बावुआमाले धेरै दुःख गरेर शीतलका लागि अध्ययनको सहज वातावरण बनाइदिएका थिए । तर उनको मोवाइल र सिम कार्ड साट्ने धोकोले ज्यान लग्यो । उनले आफन्त वा नजिकको साथीलाई पदम बसेको ठाँउ नजिकै पु¥याएको भएपनि हत्या गर्न सम्भव नरहेको स्थानीयवासीको भनाई छ । “सावधानी अपनाएको भए उक्त घटना हुनसक्ने थिएन” घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो ।
गत मङ्गलबार इलामको माइजोगमाई गाँउपालिका वडा नं. ५ सोयाङ घर भई एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारमा रहेको शाखामा कार्यरत २२ वर्षीया सुजाता तामाङको पाँचथरका हिलिहाङ गाँउपालिका वडा नं. ६ केराबारीको सिटे जङ्गलमा हत्या भयो । सुजाता बैठकमा गएको पत्ता लगाएका स्थानीय १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावतीले खुकुरी प्रहार गरी सुजाताको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भयो । यो घटनामा पनि सुजाताले न्यूनतम सुरक्षा संवेदनशिलतालाई ख्याल नगरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनलाई जङ्गलको बाटो हिँड्नबाट स्थानीयले समेत रोक्न सक्दथे, सुजाताले अर्को बाटो प्रयोग गर्न सक्थिन । तर कसैले पनि सुरक्षा खतराबारे ध्यान नदिँदा अनाहकमा उनले ज्यान गुमाउनु प¥यो ।
“‘प्रहरी मेरो साथी अभियान’ मा ब्यक्तिगत सुरक्षामा विशेष ध्यान दिनुपर्छ भनेर हामीले गाँउ–गाँउमा भन्दै आएका छौँ” प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले भन्नुभयो “तर वित्तिय संस्थामा काम गर्ने, ठूलै परिमाणमा नगद बोकेर हिँड्ने कर्मचारीले सानो कुरामा ध्यान नदिँदा अकल्पनीय घटना भयो ।” सुजातासँग रु. ८१ हजार पाँच सय नगद साथमा थियो । त्यही नगद लुट्न उनको हत्या भएको आरोपितले स्वीकार गरेको प्रहरीको भनाई छ । “घण्टौँ गाँउ र जङ्गलको बाटो हिँड्नुपर्ने ठाँउमा एक महिला कर्मचारी खटाउनु पनि उचित होइन्” प्रहरी नायव उपरीक्षक कुँवरले भन्नुभयो “साथमा नगद बोकेर हिँड्नुपर्ने ठाँउमा दुई जना कर्मचारी खटाएको भए पनि हुन्थ्यो ।” सुजाता यस्तो ठाँउमा मारिइन जहाँबाट चिच्याउँदा पनि वस्तीमा आवाज सुन्न सकिन्न ।
पछिल्लो पटक जिल्लामा आपराधिक घटना ह्वात्तै बढेपछि प्रहरी चनाखो बनेको छ । घटनाहरुको प्रकृति हेरेर प्रहरीले आपराधिक मानसिकतावारे गहन विश्लेषण थालेको छ । “समग्रमा आपराधिक मनोवृत्ति मौलाएको छ । यो कुरा थाहा पाइसकेपछि ब्यक्तिगत सुरक्षामा हेलचेक्र्याँई गर्नुहुन्न” प्रहरी नायव उपरीक्षक कुँवरले भन्नुभयो “परिवार, आफन्त र सहकर्मीले विशेष निगरानी राख्नुपर्छ, उचित सल्लाह दिनुपर्छ ।” हिलिहाङ गाँउपालिकामा करीब एक महिनाको वीचमा एक किशोरी र एक युवतीको हत्या भएपछि प्रशासन पनि गम्भीर बनेको छ । अझ सुजातालाई पैसा लुट्नकै लागि बीभत्स हत्या गरिएपछि स्थानीयवासी र प्रहरी चिन्तित बन्न थालेका छन ।
अहिले प्रहरीले घर–घरमा स्टिकर टाँसेको छ । प्रदेश सरकारको सहयोगमा प्रहरीका इकाईहरुले प्रदेश प्रहरी कार्यालयदेखि सम्बन्धित क्षेत्रको नजिकैको प्रहरी कार्यालयको फोन नम्बर, कार्यालय प्रमुखको स्थायी मोवाइल नम्बर समेत घर–घरमा टाँसेका छन । तर प्रहरीलाई सुरक्षामा खतरा रहेका कुराहरुको जानकारी गराउने, आवश्यक सुरक्षा संवेदनशिलता अपनाउने वानी बसेको छैन् । सुजाता जस्ता गाँउ–गाँउमा हिँडेर समूह परिचालन गरेर लाखौँ रुपैयाँ सङ्कलन गर्ने वित्तिय संस्थाका कर्मचारीहरु समेत नियमित रुपमा स्थानीय प्रहरीसँग सम्पर्कमा छैनन् ।
उसो त गत जेठ ६ गते राती पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा भएको सामूहिक हत्यामा समेत मृतकहरुले सुरक्षा सावधानी नअपनाएको प्रहरीको भनाई छ । उक्त हत्याकाण्डमा मारिएका दुवै परिवारले आफूहरुमाथि खतरा रहेको थाहा पाइसकेका थिए । यो कुरा उनीहरुले छिमेकी र आफन्तलाई सुनाएका थिए । तर न्यूनतम सावधानी अपनाउने तर्फ कसैको ध्यान गएन ।
बैशाक ३० गते उक्त हत्याकाण्डमा मारिएका धनराज शेर्माको भान्सा कोठामा रहेको नुनको बट्टामा सिसाका कँणहरु भेटिएका थिए । धनराजकी श्रीमती जस्मिता प्रशिक्षक रहेको ढाका बुनाई तालिममा थुक्पा खाएका केही सहभागीहरु र धनराजका दुई छोरी विरामी परेपछि उक्त रहस्य पत्ता लाग्यो । धनराजले सामूहिक हत्याको घटनाका मुख्य आरोपित एवं आफ्ना कान्छा साढुभाई मानबहादुर माखिम घटनामा दोषी रहेको र उनले आफूहरुलाई मार्न लागेको वताएको स्थानीय शिक्षक गणेशप्रसाद लुइटेल वताउनुहुन्छ ।
घटनापछि वडाध्यक्ष, वडा सदस्य लगायत समेत उपस्थित भई घटनाको अनुसन्धान गर्न सघाउने मुचुल्का गरियो । यो कुरा प्रहरीसम्म आएपनि लिखित उजुरी भएन् । “लिखित उजुरी भएको भए वा मानबहादुरबाट आफूहरु माथि खतरा रहेको भनेर उक्त परिवारले भनेको भए प्रहरीले उनलाई पक्राउ गथ्र्यो, नभए निरन्तर निगरानी गथ्र्यो” घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक पौडेलले भन्नुभयो “तर प्रहरीसामु घटना नल्याउने, घटना भएपछि प्रहरीलाई दोषी देखाउने काम भयो ।”
ज्यान मार्ने उद्देश्य सहितको उक्त घटनामा प्रहरीलाई लिखित उजुरी नदिइनु तथा मुचुल्का बनाउँदा केही किलोमिटरको दुरीमा रहेको दशमी प्रहरी चौकीलाई खवर नगरिनुले प्रहरी मानबहादुरको निगरानीसम्म पुग्ने बाटो नै खोल्न नसकेको स्थानीय अगुवाहरुको भनाई छ । अपरान्ह मानबहादुरका कारण आफूहरुलाई खतरा रहेकाले उसलाई कानूनी दायरामा ल्याउने वताएका धनराज शेर्माले साँझ रक्सी पिएर घरको ढोकामा राम्रोसँग चुक्कुल समेत नलगाई सुत्नुले गम्भीर अपराधलाई सघाउ पुगेको प्रहरीको विश्लेषण छ । तीन गम्भीर घटनाहरु केलाउँदै प्रहरी निरीक्षक पौडेलले भन्नुभयो “प्रहरीको सचेत तुल्याउने सन्देश सर्वसाधारणले ब्यवहारमा लागू नगर्दा धेरै घटना भएका छन । अब सबैले बानी सुधानुपर्छ ।”
८ असार २०७६, आइतबार ००:००
0
Shares
प्रतिक्रिया