
फिदिम । पाँचथरको सदरमुकामदेखि दक्षिणमा रहेको स्थानिय तह कुम्मायक गाँउपालिकामा प्राथमिक स्वास्थ्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । रेस्क्यू नेटवर्क नेपालको आयोजना तथा गाँउपालिकाको संयोजन र व्यवस्थापनमा तालिम सम्पन्न भएको हो ।

पालिकाको विभिन्न स्थानमा तीन ओटा केन्द्र बनाएर विद्यालयका शिक्षक, स्वास्थ्य स्वयमसेविका, स्थानीय सामाजिक संस्थाका प्रतिनिधि र स्थानीय तहका पदाधिकारीहरुलाई प्राथमिक स्वास्थ्य सम्बन्धि विषेश तालिम दिएको नेटवर्कका अध्यक्ष जयकुमार थापाले जानकारी दिए । तालिममा विभिन्न अवस्थामा घाइते भएकाहरुको प्राथमिक उपचारका बारेमा जानकारी गराइएको छ ।
तालिमको सहजिकरण थापासहित लक्ष्मी प्रधान, गोपाल तिमल्सेना, सनोज चौधरी, एलिना महर्जन गरेका थिए ।

नेटवर्क देशैभर प्राथमिक स्वास्थ्य सम्बन्धी काम गर्ने एक प्रमुख संस्था हो । तालिमसंगै प्राथमिक उपचार सामग्री बाकस, स्टेचर लगायतका सामाग्रीहरु समेत उपलब्ध गराइएकोे थापाले बताए ।
नेटवर्कले विपत्त, आगलागि तथा भैपरी आउने विभिन्न समस्याहरुमा राहात सामग्री लगायत स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ ।
गाउाँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले प्राथमिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका संस्था रेस्क्यू नेटवर्कले काठमाण्डौबाट आएर आफ्नो गाउँपालिकाका जनता लाभान्वित हुने गरि तालिम सञ्चालन गरेकोमा विशेष धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया