१ मंसिर २०८१, शनिबार । November 16, 2024

ग्लोबल

मङ्गोलियाका पुर्वप्रधानमन्त्री रिहा



उलान बाटोर, ६ असार (रासस÷सिन्ह्वा) ः मङ्गोलियाका पूर्व प्रधानमन्त्री मेन्डसैखान एनसैखानलाई शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको अभियोगमा पक्राउ गरिएको एकदिन पछि नै उहाँलाई रिहा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । भ्रष्टाचार विरुद्धको स्वतन्त्र निकायले अदालतको आदेश विना नै उहाँलाई गिरफ्तार गरेको थियो । गैरकानुनी तरिकाले गिरफ्तार गरिएकाले रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएपछि अदालतमो आदेशमा उहाँ रिहा हुनुभएको हो । “उहाँका वकिलहरूले रिहाईको माग गर्दै दिएको निवेदनका आधारमा उहाँलाई रिहा गरिएको हो,” सुख्बाटार जिल्लास्थित अदालतद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कोईला खानीसम्वन्धी एउटा ठूलो आयोजनामा एङ्ख्सैखानले पदीय अधिकारको दुरुपयोग गरेको र अनियमितता गरेको आरोप लाग्दै आएको छ । उहाँ सन् १९९६ देखि १९९८ सम्म मङ्गोलियाको प्रधानमन्त्री हुनुभएको थियो भने सन् २०१४ देखि २०१६ सम्म एउटा ठूलो आयोजनाको नेतृत्व गर्ने मन्त्री हुनुभएको थियो ।

प्रकाशित : ६ असार २०७६, शुक्रबार ००:००