
फिदिम । इलाम माइजोगमाई गाउँपालिका–५, सोयाङकी २० बर्षिया सुजता तामाङको पाँचथरमा घाँटि रेटि हत्या गरिएको छ । म.र.ब. क्याम्पस स्नातक तह प्रथम बर्षमा अध्ययनरत उनी पाँचथरको गोपेटार स्थित एउटा फाइनान्समा कार्यरत थिइन ।
पाँचथरको हिलिहाङ गाउँपालिका–३, गोपेटारस्थित एनएमबी काइक्रोफाइनान्समा कार्यरत सुजताको शव मंगलबार साँझ घाँटि रेटि बिभत्स हत्या गरिएको अवस्थामा हिलिहाङ–६, भारपास्थित सिटे भन्ने स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको कसले किन हत्या ग¥यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया