१ मंसिर २०८१, शनिबार । November 16, 2024

खेलकुद

ब्याडमिन्टनको उपाधि महर्जन जोडीलाई



चौथो देव दर्शन मिडिया ब्याडमिन्टन कपको उपाधि प्रमोद महर्जन र सुमन महर्जनको जोडीले जितेको छ । ‘मित्रता तथा सहिष्णुताका लागि खेलकूद’ नाराका साथ शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा प्रमोद र सुमनको जोडीले राजकुमार पोखरेल र सविन श्रेष्ठको जोडीलाई पराजित गरेको हो । प्रतियोगितामा राजमान महर्जन र चन्दन महर्जनको जोडी तृतीय भयो । गत जेठ २५ गतेदेखि शुरु भएको सो प्रतियोगितामा ११६ खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुने जोडीले रु ३० हजार, दोस्रो हुने जोडीले रु २० हजार तथा तेस्रो हुने जोडीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । विजेता खेलाडीलाई नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र संस्थाका अध्यक्ष रामनारायण घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित : ३ असार २०७६, मंगलबार ००:००