२७ असार २०८२, शुक्रबार । July 11, 2025

मुख्य खबर

सभापति देउवाद्वारा दुःख व्यक्त



नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । बझाङको मष्टा गाउँपालिका–१ मा सोमबार से१झ १०७२ नंको जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनाका साथै चार जना गम्भीर घाइते भएका थिए ।

प्रकाशित : ३ असार २०७६, मंगलबार ००:००