
काठमाण्डौ । बझाङ सदरमुकाम नजिकै मष्टागाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
दुर्घटना सोही गाउँपालिकाको वडा नम्बर १ डौठीमा भएको प्रहरी नायव उपरीक्ष सूर्यबहादुर केसीले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
घटनास्थलबाट तीन जनाको उद्वार गरेको प्रहरीले जनाएको छ । घाइतेलार्इ उपचारका लागि अस्पताल लैजान हेलिकोप्टर मगाउने प्रयास भइरहेको केसीले बताए । घटनास्थलमा उद्वार कार्य जारी छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक केसीसहितको टोली र स्थानीय बासिन्दा खटिएका छन् ।
प्रतिक्रिया