१३ फाल्गुन २०८१, मंगलबार । February 25, 2025

समाचार

पथरी इलाकामा आजदेखि डीएसपी



मोरङ । मोरङको इलाका प्रहरी कार्यलय पथरीमा आजदेखी प्रहरी नायब निरीक्षक (डीएसपी ) आएका छन । पथरीशनिश्चरे नगरपालिका-१ पथरीमा षडराज तामाङ र रिना गुरुङको बजारमै शंकास्पद मृत्यु भएपछि स्थानीयबासीले डीएसपीको दरबन्दी माग गर्दै आएका थिए । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप राईको टोलिले गृहमन्त्री रामबहादुर थापा (बादल), १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतलाई ज्ञापनपत्र बुझाएका थिए । पथरीमा शंकास्पद हत्या लगाएतको विभिन्न घट्ना भएपछी त्यहा कार्यरत प्रहरी निरीक्षक कमल बजगाई कामगर्न नसकेको ठहर गर्दै जिल्लामा तानेर प्रनी शुबाश भट्टराईलाई त्यहाँ पठाएको थियो । भट्टराईसँगै प्रनी सागर घले पथरीमा कार्यरत रहेको छ । जनताको माग अनुसार आज प्रहरी नायब निरीक्षक (डीएसपी) लक्ष्मी अधिकारी इलाका प्रहरी कार्यलय पथरी आएका हुन । उनी दंगा नियन्त्रण प्रहरी कार्यालय दुहबी सुनसरीबाट तत्कालको लागि काजमा आएको प्रनी शुवाश भट्टराईले बताए ।

प्रकाशित : २ असार २०७६, सोमबार ००:००