२७ असार २०८२, शुक्रबार । July 11, 2025

तस्बिर

आयोगका अध्यक्ष मैनालीको राजीनामा माग



काठमाण्डौ । स्थानीय तहमा रिक्त दरवन्दी पदपूर्तिका लागि लोकसेवा आयोगले समावेशी समानुपातिक सिद्धान्त विपरीत विज्ञापन प्रकाशन गरेको भन्दै सरोकारवाला समुदायले विहिबार काठमाण्डौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।
आदिवासी जनजाती महासंघको नेतृत्वमा आयोजित उक्त विरोध कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिमुलक संघसंस्थाका नेतृत्वले लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामा माग गरेका छन् । लोकसेवा आयोगले यहि जेठ १५ गते देशभरको स्थानीय तहमा खाली रहेको दरबन्दी पदपुर्तिका लागि ठूलो संख्यामा विज्ञापन आव्हान गरेको थियो । यसरी विज्ञापन आव्हान गर्दा नेपालको वर्तमान संविधानको मर्म विपरीत भएको भन्दै लक्षित वर्ग तथा समुदायले यस विज्ञापनलाई यथाशीघ्र रद्द गरी भएको कमीकमजोरीलाई सच्याएर पुनः विज्ञापन आव्हान गर्न लोकसेवा आयोगलाई संयुक्त रुपमा अपिल गरेका छन् । यदी यस शान्तिपूर्ण अनुरोधलाई सुनुवाई नभएमा सडकदेखि सदनसम्म कडाभन्दा कडा आन्दोलनको चर्र्काउने चेतावनी दिएका छन् ।


प्रकाशित : ३१ जेष्ठ २०७६, शुक्रबार ००:००