
‘के’ तेस्रो नेपाल आदिबासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र रुपमा घोषित भएको छ । काठमाण्डौंको राष्ट्रिय सभागृहमा यहिँ २४, २५ र २६ गते तीन दिनसम्म आयोजित महोत्सवमा विभिन्न आदिवासी जनजातीको भाषाभाषीका फिल्म २० वटा छनौंट भई प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शित फिल्ममध्ये लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ठ चलचित्रको रुपमा पुरस्कृत भएको हो ।

सागर केरुङद्धारा निर्देशित उक्त चलचित्र हाङ्ली इन्टरटेनमेन्ट प्रा.लि. का लागि टाइसन केरुङ र बुद्धराज लिम्बूले निर्माण गरेको ‘के’ चलचित्रमा सजय आचार्यको छायाङ्कन र प्रेम पन्दाकको संगीत रहेको छ ।चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुहाङ, प्रेम ओझा, मनकुमार केरुङको मुख्य अभिनय रहेका छ ।
नेपाल आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गरेको महोत्सवमा विभिन्न आठ बिधामा उत्कृष्ठ अवार्ड प्रदान गरिएको छ । छोंटो चलचित्रमा राजबंशी भाषामा बनाएको फिल्म ‘पुल्टि’, वृतचित्रमा सुनुवार जातिको संस्कारमा आधारित निर्माण गरिएको डकुमेन्टी ‘छेंगु’ उत्कृष्ट छनौट भएका छन् । पब्लिक च्वाईस अवार्ड भने गुरुङ भाषामा निर्माण गरिएको चलचित्र ‘रिजेनासा’ ले जितेको छ । त्यस्तै जसु गुरुङ उत्कृष्ठ निर्देशक, युवराज राई उत्कृष्ठ छायाङ्कार, बलबहादुर गुरुङ उत्कृष्ठ पूरुष कलाकार र बिनिता थापामगर उत्कृष्ठ महिला कलाकार रुपमा घोषित भए।

प्रतिक्रिया