३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

मुख्य खबर

नेकपा सचिवालय बैठक : केन्द्रीय सदस्यको कार्यविभाजन प्रक्रिया सुरु, जिल्ला इन्चार्ज मापदण्डमा विवाद



काठमाण्डौ । नेपाल कम्युनस्टि पार्टी नेकपा०को सचिवालय बैठक सकिएको छ । आज मध्याहन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन सुरु भए पनि जिल्ला इन्चार्ज मापदण्ड तोक्ने विषयमा भने सहमती हुन नसकेको जनाइएको छ।

दुई घण्टा चलेको बैठकमा केन्द्रिय सदस्यहरुको कार्यविभाजन सुरु भएको नेकपाले जनाएको छ । पार्टी एकता भएपछि विभिन्न विभागमा रिक्त रहेका पदाधिकारी तोक्न सचिवालय बैठक बसेको थियो। बैठक पुन भोली १२ बजे बस्ने छ । बुधबारको बैठकले संगठन विभाग, विदेश विभाग लगायतका ३२ वटा विभागका प्रमुख र सदस्यको निर्णय लिनेछ ।

आजको बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डबारे पनि छलफल भएको थियो । तर सहमति जुट्न नसकेको एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलबार ००:००