नेपाल आदिवासी जनजाती महासंघले हालै स्थानीय तहमा रहेको रिक्त दरवन्दीको पदुपुर्तिका लागि आहान गरेको विज्ञापन संविधानको मर्म विपरीत भएको भन्दै विरोध गरेको छ । दशवर्षे युद्ध,मधेश आन्दोलन,आदिवासी जनजाती आन्दोलन,महिला आन्दोलन,मुस्लिम आन्दोलन र पहिचार र अधिकारका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको जगमा संविधान निर्माण भएको र विविधतायुक्त नेपाली जनताको त्याग,वलिदान र संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र , संघीयता, समानुपातिक समावेशीता,धर्मनिरपेक्ष संविधानको मुल आधारस्तम्भ भएकाले यसको मर्म विपरीत आयोगले गरेको विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष जगतबहादुर बरामद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत हालै लोकसेवा आयोगद्धारा विभिन्न सेवा समुहको प्राविधिक तथा अप्राविधक पदपुर्तिका लागि गरिएको विज्ञापन लोकतान्त्रिक संबिधानको भावना र मर्म विपरीत भएको ठहर गर्दै विज्ञापनलाई अबिलम्ब खारेज गरी समानुपाति समावेशी सिद्धान्त बमोजिम विज्ञापन पुनः प्रकाशित गर्न अनुरो ध गरेको छ । साथै यसप्रकारको विभेदकारी कदम नरोकिएक कडा आन्दोलमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया