सोलुखुम्बु, २० जेठ । ‘विप्लव’ समुहले सोलुखुम्बुस्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको छ ।
विप्लव समूहले महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको भए पनि असफल भएको हो । मध्यराति २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेका थिए । चौकीका प्रहरी भने पूर्व सुचना पाएर हतियारसहित भागिसकेका थिए ।
माओवादी कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको जनाइएको छ । प्रहरी र माओवादी कार्यकर्ताबीच मुठभेट नभए पनि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको जनाइएको छ ।
घटना स्थल तर्प थप सुरक्षाकर्मी पठाइएको छ । काठमाण्डौ र अस्थायी प्रदेश राजधानी विराटनागरबाट सेनाको हेलिकोप्टरमा सशस्त्र र पहरी पठाइएको सुरक्षा निकायले जनाएको छ ।
प्रतिक्रिया