फिदिम । पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्या पछि फरार रहेका पदम तामाङ पक्राउ परेका छन् । पाँचथरका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आइतबार आज० पक्राउ गरिएको हो ।
फाल्गुनन्द गाँउपालिका निवासी तामाङले छिमेकी साथि भगिरथ वाँस्तोलाको सहयोगमा गत बैशाख २९ साँझ गते शितलको गाँउमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए । बास्तोलालाई प्रहरीले भोलीपल्ट नै पक्राउ गरेपनि तामाङ भने फरार थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राऊ गरिएका कुँवरले जानकारी दिनुभयो । उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दवाव दिँदै आएका थिए ।
पदम र शितल बीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि शितलको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । तामाङ पक्राउ परे संगै हत्याको मुल कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया