१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

Uncategorized

कांग्रेस सांसद राई भन्छन ‘सरकारले किरात प्रस्ताव ल्याओस हामी समर्थन गर्छौ’



मोरङ । नेपाली कांग्रेस १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले सत्ता पक्षेले प्रदेशको नाम किरात प्रस्ताव ल्याए आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् । पार्टीको सचेतक समेत रहेका राईले (शनिबार) मोरङको खानेपोखरीमा आयोजित साकेला कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद राईले भने ‘दुई तिहाई बहुमत भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा किरात प्रदेश भन्नेहरुको स्वर सानो छ, नेपाली कांग्रेस ठूलै स्वरमा किरात प्रस्ताव गर्नुहोस भनिरहेका छौ ।’ कांग्रेस पार्टीको संसदीय दलको बैठकमा आफूले किरात प्रदेशको नाम राख्न प्रस्ताव गरेको राईले बताए ।

पार्टीसँगै आफैले पनि प्रदेशको नाम किरात राख्न संदनमा प्रस्ताव दर्ता गर्ने बताए । नेकपाले चाहे प्रतिपक्षी विन पनि राख्न सक्ने बताउदै तर किरात नाम राख्न नचाहेको आरोप लगाए । प्रदेशको नाम किरात भए इतिहास, भूगोल र सभ्यताको सम्माणहुने सांसद राईको तर्क थियो । संघीय सरकारले ल्याएको बजेट हेर्दा सरकार संघीयता व्यवहारमा स्वीकार्न गारो परिरहेको आरोप लगाए । संघीय र प्रदेश सरकारको काम हेर्दा सामुदायिक अधिकारको लागि पुनः संघर्षमा जानु पर्ने अवस्था देखिएको बताए । कार्यक्रममा यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले प्रदेशको नाम किरात नराखिए कडा आन्दोलनहुने बताए । किरात शब्द कैलाश, कैरातहुदै किरात भूमिकोेले किरात नाम अस्वीकार गर्नुपर्ने करण नरहेको तर्क प्रस्तुत गरे । केन्द्रदेखि प्रदेशसम्मको सरकार र अस्तित्वमा रहेको विभिन्न पार्टीको नेताहरुसँग भेट्दा किरातप्रति कसैको असहमति नरहेकोले किरात नाम रहनेमा यायोक्खा विस्वास्त रहेको बताए । कार्यक्रम यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राईको सभापतित्वमा सचिव केदार राईले सञ्चालन गरेका थिए । कानेपोखरीको कार्यक्रमसँगै मोरङमा यो बर्षको साकेला समापन भएको हो । कानेपोखरीमा मोरङ जिल्लाको विभिन्न नगर, गाउँपालिका र वडाबाट आएका टोलीले साकेला नृत्य प्रस्तुत गरेका थिए । साकेला परिसरमा निर्माण भएको यलम्बरको प्रतिमा अनावरण भएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७६, आइतबार ००:००