३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

ग्लोबल

प्रधानमन्त्री ओली दिल्ली प्रस्थान



तस्विर :प्रधानमन्त्रीको अफिसियल वेसाइट


काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीको साथमा पत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत दिल्ली प्रस्थान गरेका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० का सरकार तथा राष्ट्र प्रमुखलाई मोदीले आफ्नो शपथ ग्रहण समारोहमा निमन्त्रणा गरेकाले प्रधानन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन लागेका हुन् । बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य रहेका छन् । भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन । पाकिस्तानसंग लामो समयदेखि सीमा विवाद रहेको छ । केहि समय अघि तनाव उत्कर्षमा पुगोको थियो ।

मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरेका छन् ।
प्रधानमन्त्री ओली शपथ ग्रहण समारोह सकिएलगत्तै भोलि जेठ १७ गते साँझ ५।३० बजे स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित : १६ जेष्ठ २०७६, बिहिबार ००:००