१२ फाल्गुन २०८१, सोमबार । February 25, 2025

समाचार

किरात प्रदेशको लागि हाई अलर्ट रहन आव्हान



मोरङ । प्रदेश नम्बर १ को नाम किरात राख्न प्रदेश सरकार र सदनलाई अनुरोध गर्दै त्यसो नभए आन्दोलनको लागि हाई अलर्ट रहन प्रदेशबासीलाई यायोक्खाले आव्हान गरेको छ । मोरङको बेलबारीमा बुधबार आयोजित साकेला कार्यक्रम र यलम्बरको प्रतिमा अनावरण कार्यक्रममा प्रदेशको मुख्यमन्त्री शेरधन राई, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई लगाएतले बोलेका थिए । मुख्यमन्त्री राईले प्रदेशको नाम यायोक्खाले प्रस्ताव गरेको किरात नाम तथ्य, तार्किक भएकोले सरकारको ध्यान आकर्षण भई छलफल भइरहेको बताए । स्थायी राजधानी तोके जस्तै प्रदेशको नामपनी सर्बसहमत रुपमा राख्न प्रयास भइरहेको मुख्यमन्त्री राईले बताए । प्रदेश १ विश्व्को अग्लो सगरमाथा, नेपालकै होचो केचणा भएको र ११६ जातजाती बस्दै आएकोमा एक आपसमा मिलेर बसेको बताए ।

समुदायमा रहेको विभेद र असमानतालाई नायँ नीति र बजेटले अन्त्य गर्ने गर्दै विविधतालाई संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात राख्न पर्याप्त बौद्धिक छलफल र संघ, प्रदेशका सरकार प्रमुख, सांसद र पार्टी लिडरहरुलाई जानकरी गराइएको बताए । इतिहास, भूगोल र सभ्यताको आधारमा किरात नाम नराखिए आन्दोलनको लागि हाई अलर्टमा रहन प्रदेशवासीलाई अध्यक्ष राईले आव्हान गरे । प्रदेश सभामा किरातको विपक्षमा कोहि सांसद बोलेमा उन्को हिसाबकिताब राखेर जनताले राजनीति भविश्य सकिदिने चेतावनी दिए । किरात भूमिमा यहाँ समुदायसँग डाँडापाखा, खोलानाला, झारपातहरुको संस्कार, संस्कृतिसँग सम्पर्क रहेको अध्यक्ष राईले बताए । पूर्बमा मेची, कोशी र सगरमाथा हुनुअघि ओल्लो, माझ र पल्लो किरात रहेको बताए । कार्यक्रममा बेलबारी नगरपालिकाको नगर प्रमुख ज्ञनेन्द्र सुवेदी लगाएत बोलेका थिए ।

साकेला परिषरमा निर्मित हाङ यलम्बरको प्रतिमा अनावरण, बाल उध्यान उद्घाटन र यायोक्खामा योहदान गर्ने विभिन्न ब्याक्तिलाई सम्माण गरेका थिए । यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिव अर्जुन राई, किरात राई विध्यार्थी संघको केन्द्रीय उपाध्यक्ष सन्तोष राई लगायतको उपस्थिति रहेको कार्यक्रममा नगर अध्यक्ष जितुमान राईको सभापतित्वमा भएको कार्यक्रम सचिव प्रकाश राईले संचालन गरेका थिए ।

प्रकाशित : १६ जेष्ठ २०७६, बिहिबार ००:००