
झापा । सिक्किम राज्यका मुख्यमंत्री पवन चाम्लिङले भारतमा सर्वाधिक लामो समय २५ वर्ष मुख्यमंत्री पद सम्हाल्ने रेकर्ड बनाएर प्रतिपक्षमा पुगेका छन् ।
विकिपिडियामा नयाँ अपडेट भएअनुसार उनले सन् १९९४ को डिसेम्बर १२ देखि गत २०१९ को मे महिनाको २६ तारिख सम्म मुख्यमंत्री पद सम्हालेका हुन् । चाम्लिङले छिमेकी राज्य पश्चिम बंगालका मुख्यमंत्री ज्योती बसुले बनाएको रेकर्डलाई ब्रेक गरेका हुन् । बसुको रेकर्डलाई एक वर्ष ज्यादा समय अन्तरले पछि पारेका हुन् । तत्कालिन नरबहादुर भण्डारिको सरकारमा मंत्री रहेका चाम्लिङले भण्डारिको दल सिक्किम संग्राम परिसद (एसएसपी) बाट अलग भएर नयाँ दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडिएफ) दल गठन गरेका थिए । सन् १९९३ मा गठन भएको दल एसडिएफले एक वर्ष नपुग्दै सत्ता हात लिएको थियो । त्यसपछि चाम्लिङले लगातार पाँच कार्यकाल मुख्यमंत्री पद सम्हालेका हुन् । उनको दल यसपाली प्रतिपक्षमा रहेपनि उनि भने विजयी भएका छन् । पवन चाम्लिङ हाल सम्म सँधै विजयी हुने नेता पनि हुन् । त्यसैगरी दोश्रो लामो सत्ता चलाउने मुख्यमंत्रीमा ज्योती बसु छन भने २०औ स्थानमा सिक्किमकै मुख्यमंत्री नरबहादुर भण्डारी छन् । भण्डारीको कार्यकालको विचमा बिबि गुरुङले पनि सत्ता सम्हालेका कारण दुई पटक उनले सत्ता चलाउँदा जम्मा १४ वर्ष थियो ।
उमेद्वारै नभएका गोले सिक्किमको मुख्यमंत्री

गोले मुख्यमंत्री हुनु चाम्लिङ कि भण्डारीको देन ?

प्रतिक्रिया