१२ फाल्गुन २०८१, सोमबार । February 25, 2025

समाचार

पथरीमा प्रथम नगर कला, संस्कृति उत्सवहुने



मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘प्रथम पथरीशनिश्चरे कला, साहित्य उत्सव २०७६’ आयोजना हुने भएको छ । नगरमा साहित्य, कला र संस्कृतिको संरक्षण र विकास गर्ने उदेश्यले उत्सवको आयोजना गर्न लागिएको कला, साहित्य प्रवर्धन समिति नगर समितिको कार्यक्रम संयोजक अमिर राईले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको जनाएको हो । जेठ १८ र १९ गते हुने कार्यक्रममा नगरबाट उत्पादित कलाकारहरुबाट नृत्य, गीत प्रस्तुति, जातीय झाँकी प्रस्तुती, चित्रकला, मूर्तिकला प्रदर्शनी, शिक्षा सेवी चन्द्रमान कन्दङ्वालाई मरणोप्रान्त सम्माण, मोरङको साहित्य बारे कार्यपत्र प्रस्तुत, साहित्य वाचन लगायतको कार्यक्रमहुने आयोजक समितिको सचिव रोहित पराईले बताए । पत्रकार सम्मेलनमा गायक देव गुरुङ, चित्रकार सरोजा खड्गी, साहित्यकार गणेश वाछना लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ जेष्ठ २०७६, मंगलबार ००:००