मोरङ । मोरङको पथरीशनिशरे नगरपालिका—१० नम्बर वडामा रहेको सिरिजंगा स्मृति धार्मिक वनको नयाँ समिति चयनमा चार महिनादेखि निरन्तर विवादहुदै आएको छ । पछिल्लो पटक एउटा पक्षले १७ सदस्यीय समितिको नाम सव डिभिजन वन कार्यालय पथरीमा पु¥याएपनि अर्को पक्षले आम उपभोक्ताको सहमति विना पठाइएको समिति किर्ते भएको आरोप लगाउदै पुनः निर्वाचनको माग गरेको छ ।
धार्मिक वनको माघ २१ गते तेस्रो चुनावी साधारण सभाको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटनपछि निर्वाचन हुनलाग्दा विधान अनुसार एक उपाध्यक्षको लागि छ जनाको मनोनय भएको थियो । जसमध्ये निर्वाचन र सहमति नगरी गंगा सावा लिम्बूको अध्यक्षतामा शन्तोष लिम्बू, गोविन्द वनेम र टंक लिम्बू उपाध्यक्ष बनाएर समिति गठन गरेको थियो । निर्वाचन नगरी विधान विपरित समिति चयन भएको भन्दै उपाध्यक्षको उमेद्वार टेकेन्द्र लिभाङ लिम्बूले समिति खारेजीको माग गरेका थिए । उजुरी परेपछि सव डिभिजन वन कार्यालय पथरीले सिरिजंगा वनलाई विधान विपरित समिति गठन गरेको भन्दै पुन अर्को समिति चयन गर्न पत्र लेखेको थियो ।
वन समितिले निर्वाचन मण्डलको संयोजक लोकसागर साम्बा, सदस्यहरु दिनेश राई र सकुन्तला राईको समेत लिखित स्पष्टिकरण मागेको थियो । संयोजक साम्बाले सहमतिमा समिति चयन भएको पत्र दिएको थियो भने दिनेश र सकुन्तलाले आफूहरुलाई जानकारी नदिइ समिति घोषणा भएको लिखित स्पष्टिकरण बुझाएका थिए । सव डिभिजन वन कार्यालयको पत्र अनुसार धार्मिक वनले जेठ ७ गते उपाध्यक्षमा शन्तोष लिम्बूको मात्र नाम राखेर १७ सदस्यीय समितिको नाम वनमा फेरि बुझाएको थियो । पत्र बुझाएपछि टेकेन्द्र लिभाङ लिम्बूले उक्त नाम आम उपभोक्ताको सहमति विना १७ जना बसेर मनोमानी ढंगले किर्ते गरी नाम बुझाएको भन्दै पुन निर्वाचनको माग दोहो¥याएको छ ।
लिम्बूले वन कार्यालय र पथरीशनिश्चरे नगरपालिका तत्काल उजुरी दिएका थिए । जिल्ला अदालतमा पनि उजुरी दिने वताउदै आएका छन् । लिभाङले विवाद नमिलेसम्म वनको सम्पूर्ण कार्य रोकिनुपर्ने बताउदै आएका छन् । जेठ १४ गते निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले गंगा साम्बाको नेतृत्वमा २२ सदस्यीय समितिको नाम वनमा पठाएको थियो । सव डिभिजन वन कार्यालयका प्रमुख मोहम्मद अलाउद्धिनले सिरिजंगामा पटक पटक विवाद आएपछि जिल्ला वन अधिकृतको सल्लाह अनुसार सिरिजंङ्गा स्मृति धार्मिक वनको पुन अधिवेशन गराएर निर्वाचन गर्नुपर्ने स्थिति आएको बताए ।
प्रतिक्रिया