३० कार्तिक २०८१, शुक्रबार । November 16, 2024

मुख्य खबर

बैतडीमा जलेर तीनजनाको मृत्यु



बैतडी । बैतडीको पुर्चौंडीमा तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका ४५ बर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी हुँदा लुहार परिवारको मृत्यु भएको हो । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलीसकेका थिए । उनीहरुको स्थानीय र प्रहरी मिलेर शव मात्रै बाहिर निकाल्न सकेका थिए । मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए ।

प्रकाशित : ९ जेष्ठ २०७६, बिहिबार ००:००