
न्युयोर्क । किरात राई समुदायले अमेरिकाको बिभिन्न स्थानहरुमा धिरिनाम साकेला चाड मनाईरहेका छन् ।

युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) र भुट्निज किरात राई अर्गनाईजेसन अफ अमेरिका (बिक्रो) लगायत संस्थाहरुले आ–आफ्नो पायक पर्ने स्थानमा साकेला मनाएका हुन् ।
युक्राले मेरिल्याण्ड, न्युयोर्क र न्युहेम्सारमा साकेला मनाईसकेका छन् त्यसैगरी ओहायो, मेरिल्याण्ड र मासाचुसेटमा बिक्रोले साकेला मनाएका छन् ।

किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा न्युयोर्कमा अर्को साकेला कार्यक्रमको तयारी भईरहेको छ । संस्थाकी न्युयोर्क शाखा अध्यक्ष भारती राईका अनुसार मे २५ तारिखका दिन Queens Bridge Park मा आयोजनाहुने कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको जनाईन् ।

यसैविच बिक्रोले आफ्नो साकेलाको समापन पेन्सिलभेनिया 5131 Old French Road, Erie, Pennsylvania मा मे २६ तारिख गर्ने संस्थाका महासचिव सुक राईले जनकारी दिए।
युक्रामा मुनाको नेतृत्व

युनाईटेड किरात राई सोसाईटी अफ अमेरिकाको पाँचौं केन्द्रिय सम्मेलनले मुना राईको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । मे १८ तारिख न्युयोर्कमा भएको सम्मेलनले मुनाले नेतृत्व लिएकी हुन् । यसअघिका अध्यक्ष विष्णु राई थिए । यसैविच बोक्राले पनि मे २५ तारिखका दिन पेन्सिलभेनियामा सम्मेलन गर्नेभएको छ ।
वुद्धजयन्तीमा न्युयोर्कमा पुजा

२५२३औं वुद्धजन्तीको अवसरमा न्युयोर्कमा विश्व शान्ति पुजा साथै वुद्धत्व शिक्षा आदनप्रदान भएको छ । मे १८ को दिन दुईचरणमा भएको कार्यक्रममा पहिले पुजा र दोश्रो चरणमा शिक्षा आदनप्रदान भएको हो ।

अमेरिकामा रहेका शेर्पा समाज, ग्याल्सुम्दो समाज, नेवा गुठी, मनाङ समाज, मुगुम समाज, मगर समाज, नुब्री समाज, डोक्प्या किदुक, तमु परिवार, डोल्पा समाज, छुम समाज, कर्मा रोङ समाज, तामाङ समाज र वालुङ समाजको संयाुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया