काठमाडौँ । किरातहरुको महान् चाड उभौली (यक्वा तङ्नाम) आज किरात याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रम गरी मनाइएको छ । उभौली चाड किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य चाड हो । उभौलीका अवसरमा सबै समुदायले विभिन्न कार्यक्रम गरेका छन् ।
वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । काठकाण्डौ उपत्यकामा रहेका किराती समुदायले आज सानो हात्तिबन बनमा भूमि पुजा गरि सुरुवात गरिएको छ ।
चुम्लुङले हात्तिवन परिषरमै यक्वा तङ्नाम मेलाको समेत आयोजना गरे । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम, लिम्बू जातिसंग सम्बन्धित खेल आयोजना गरिनुका साथै परम्परागत किराती खानाका परिकारहरु समेत राखिएको थियो ।
यक्वा तङ्नामको अवसरमा काठमाण्डौ सहित शाखा रहेको विभिन्न जिल्ला तथा विदेश शाखाहरुले विविध कार्यक्रम गरि मनाइरहेको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।






प्रतिक्रिया