
काठमाण्डौ । किरात मुन्दुम अध्ययन केन्द्रको आयोजनामा माङपा, नछुङ, मुन्दुम ज्ञाताहरुको भेला सम्पन्न भएको छ ।
भेलामा तीन चुला, रिसिया मुन्दुम साथै माङ्पा अनि नछोङमा हुने विद्या समन्धी छलफल भएको हो ।

पहिलो चरणमा काठमाण्डौमा बहस गरिएको र आगामी दिनमा अरु अरु जिल्ला अथवा प्रदेश स्तरीय माङ्पा नछोङ भेला राख्ने किरात मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जीतेन राइले जानकारी गराउदै भने हामी किरातिको आस्थाको धरोहर भनेको तीन चुला हो त्यसैमा हाम्रो पहिचान छ अस्तित्व रहेको छ ।

कार्यक्रममा ललितपुरका माङ्पा नछोङ प्रेम बहादुर दुमि राई , डिल्ली सेर चाम्लिङ राई चन्द्र कला राई धनिराम चाम्लिङ राई (खोटाङ) नरेद्र थुलुङ राई कर्ण बान्तावा राई (सागर वाम्बुले राई, मुन्दुम ज्ञाता तथा लेखक हरु गडुलमान राई, लछुमण लोहोरुङ राई चर्तुर भत्त राई भवानी राई लोहोरिङ समाज, अध्यक्ष पत्रकार गणेश वाम्बुले राई, चन्द्रकुमार हतुवाली राई शिक्षक कविराज राई लगायतको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रमको अन्तर्रास्ट्रिय किरात सास्कृतिक संरक्षण केन्द्र, आइन्स्टाइन एकेडेमी कलेज महालक्ष्मीस्थान ललितपुरले प्रायोजन गरेको थियो ।
प्रतिक्रिया